सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: आइतबार, २० भदौ २०७८, ११ : ३८ pm

आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको शुक्रबार तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61345b99e29d4.JPG
प्रकाशित: आइतबार, २० भदौ २०७८, ११ : ३८ pm

प्रतिक्रिया दिनुहोस

Related News