सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: शुक्रबार, १८ भदौ २०७८, १० : ५७ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ । 

हिजो (बिहीबार) तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको एक हजार दुई सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6131afb9b4b94.JPG
प्रकाशित: शुक्रबार, १८ भदौ २०७८, १० : ५७ pm

प्रतिक्रिया दिनुहोस

Related News