गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक भएको छ ।
आधिकारिक युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेन्मेन्ट’ मार्फत उक्त म्युजिक भिडियो आज (बिहीबार) रिलिज भएको हो । भिडियोमा शुभ आचार्य, मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।
परम्पा परम्पामा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार ‘मिन्ट स्टुडियो’ , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन् । यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस