२ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: विहीबार, १७ भदौ २०७८, ११ : १६ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य बढेको छ । 

हिजो (बुधबार) तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले घटेर तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । हिजो (बुधबार) तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6130624cd269c.JPG
प्रकाशित: विहीबार, १७ भदौ २०७८, ११ : १६ pm

प्रतिक्रिया दिनुहोस

Related News