आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (मंगलबार) तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस