आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
केही दिनदेखि स्थिर रहेको छापावाला सुनको मूल्य आज मंगलबार भने ४ सय रुपैयाँले घटेर तोलाको ९१ हजार २ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस