बलिउड अभिनेता मिथुन चक्रवर्ती औपचारिक राजनीतिमा

बलिउड अभिनेता मिथुन चक्रवर्ती औपचारिक राजनीतिमा
Glammandu प्रकाशित: बुधबार, २६ फागुन २०७७, ११ : ४४ pm

भारतिय राजनीतिमा बलिउड अभिनेताहरु जोडिनेक्रममा बलिउड नायक मिथुन चक्रवर्ती पनि औपचारिक रुपमा सत्तारुढ दल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजित र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् ।

यसअघि उनि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पार्टीमा मिथुनको आगमन ऐतिहासिक भएको नेताहरुले प्रतिक्रिया दिएका छन्।

पार्टीमा प्रवेश गरेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘मेरा केही सपना पुरा गर्नका लागि मलाई बीजेपीले स्थान दिएको छ । यसका लागि म निकै नै खुशी छु ।’उनले आफ्नो हिट संवाद बोल्दै भने–‘म कोब्रा हो, जसले एक पटक टोकेर मानिसलाई मार्दिन सक्छ ।’

प्रकाशित: बुधबार, २६ फागुन २०७७, ११ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News