कृष्ण मन्दिरमा कृष्णाष्टमीको रौनक, तस्वीरमा हेर्नुहोस्

कृष्ण मन्दिरमा कृष्णाष्टमीको रौनक, तस्वीरमा हेर्नुहोस्
Glammandu प्रकाशित: सोमबार, १४ भदौ २०७८, १५ : ५६ pm

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज बिहानैदेखि देशभरको कृष्ण मन्दिरहरूमा दर्शनार्थीहरुको चहलपहल देखिएको छ । काेराेना भाइरसकाे कारण यस वर्ष विगतका वर्षहरूकाे जस्ताे भीडभाड गरिएकाे छैन । स्वास्थ्य सुरक्षाका मापदण्डहरूकाे पालना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक कृष्ण जन्माष्टमी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ।​

तस्वीरमा हेर्नुहाेस् कृष्ण जन्माष्टमीकाे राैनकता : 

612caffd28413.jpg 612caffd796dd.jpg 612cb000c0442.jpg 612cb00180cc6.jpg 612cb0037604f.jpg 612cb00580eed.jpg 612cb0078cafe.jpg 612cb009d6744.jpg 612cb00b4b947.jpg 612cb00e1b85c.jpg 612cb01050443.jpg 612cb0126d304.jpg
प्रकाशित: सोमबार, १४ भदौ २०७८, १५ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News