आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
हिजो (आइतबार) तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो पनि तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस