रियालिटी शो ‘कमेडी च्याम्पियन’मा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका भरतमणि पौडेल फाइनलमा पुगेका छन् ।
शनिबार रातिको शोमा उनी पारश शाहको गेटअपमा देखिएका थिए । पौडेलको प्रमोले शनिबारको शोअघि नै धेरै चर्चा पाइसकेको थियो । शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले उनलाई सीधै फाइनलमा प्रवेश गराएका हुन् ।
पारशको क्यारिकेचर गर्ने क्रममा उनले पारशकै बोली, हाउभाउ प्रस्तुत गरेका थिए । उनले पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस