आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?
Glammandu प्रकाशित: आइतबार, १३ भदौ २०७८, ११ : ३५ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । 

गएको (शुक्रबार) तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

612b20808bde3.JPG
प्रकाशित: आइतबार, १३ भदौ २०७८, ११ : ३५ pm

प्रतिक्रिया दिनुहोस

Related News