हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक

हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ११ भदौ २०७८, १३ : २७ pm

हरिवंश आचार्यको नयाँ गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । उनको यो गीत ‘गज्जब टिभी’ मार्फत हिजो (बिहीबार) सार्वजनिक भएको हो । 

यो गीत उनले गायिका मिलन नेवारका साथमा गाएका छन् । गीत किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङमा बनेको हो । गीतलाई हरिवंश आचार्यले नै शब्द र संगीत गरेका हुन् । भुपेन्द्र अधिकारीले सम्पादन गरेको यो गीतलाई नवराज उप्रेतीले खिचेको हुन् ।

हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । गीतलाई अहिलेसम्म १ लाख ७५ हजार ३ सय भन्दा धेरैले हेरिसकेका छन् । 

भिडियो हेर्नुहोस् :
 

प्रकाशित: शुक्रबार, ११ भदौ २०७८, १३ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News