बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
Glammandu प्रकाशित: शुक्रबार, ११ भदौ २०७८, १२ : १६ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6128870d3505e.JPG
प्रकाशित: शुक्रबार, ११ भदौ २०७८, १२ : १६ pm

प्रतिक्रिया दिनुहोस

Related News