जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को मृत्यु भएको छ ।
१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो । ७८ वर्षको उमेरका टुहुरे मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोगी थिए ।
पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
प्रतिक्रिया दिनुहोस