सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर
Glammandu प्रकाशित: विहीबार, १० भदौ २०७८, ११ : ३४ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले घटेर तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

61272b9dbe16c.JPG
प्रकाशित: विहीबार, १० भदौ २०७८, ११ : ३४ pm

प्रतिक्रिया दिनुहोस

Related News