आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (मंगलबार) तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ३ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने बढेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस