अस्मिता अधिकारी र बलबहादुर राजबंशीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो आज (सोमबार) सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।
बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएका थिए भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन् । बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला...’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने ।
प्रतिक्रिया दिनुहोस