५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा

५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा
Glammandu प्रकाशित: सोमबार, ०७ भदौ २०७८, १२ : ५२ pm

५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत ‘सेवा फिल्मस’ युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन् । मेरिना बाबु जिम्बाकी छोरी हुन् । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित: सोमबार, ०७ भदौ २०७८, १२ : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News