आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
हिजो (आइतबार) तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले बढेर तोलाको ९१ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस