‘नेपाल आइडल’का जज परिवर्तन, को-को चुनिए ?

‘नेपाल आइडल’का जज परिवर्तन, को-को चुनिए ?
Glammandu प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १५ : ४६ pm

गायन रियालिटी शो ‘नेपाल आइडल’का जजहरु परिवर्तन भएका छन् । नेपाल आइडलले चौथो सिजनका लागि जजहरु परिवर्तन गरेको हो । 

नेपाल आइडलले चौथो सिजनको निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।  नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् । सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

611f7e75c6dfb.jpg
प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १५ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News