नाजिर र गृष्माको अभिनय सहितको म्युजिक भिडियो ‘तिम्रै लागि’ सार्वजनिक

नाजिर र गृष्माको अभिनय सहितको म्युजिक भिडियो ‘तिम्रै लागि’ सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १३ : १० pm

संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत हिजो (बिहीबार) सार्वजनिक भएको हो । 

गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन  र गृष्मा खड्काको अभिनय समेटिएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोले  छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण,  प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउछ । सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ।  

यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १३ : १० pm

प्रतिक्रिया दिनुहोस

Related News