गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । अडिसन भदौ १ गते मंगलबार बाट सुरु भएको हो ।
अडिसन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर दिन सकिनेछ । डिजिटल अडिसनमा पास भएकाहरुले मात्र फिजिकल अडिसनमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीले डिजिटल अडिसनमा सहभागी हुन पाउनेछन् । भदौ १ गते बाट सुरु भएको उक्त अडिसन भदौ ३१ सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस