सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: विहीबार, ०३ भदौ २०७८, ११ : ५५ pm

आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ४ सय रुपैयाँले घटेर तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

611df613bbf39.JPG
प्रकाशित: विहीबार, ०३ भदौ २०७८, ११ : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News