सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, ०२ भदौ २०७८, १२ : ०८ pm

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले बढेर तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

611ccc2db3325.JPG
प्रकाशित: बुधबार, ०२ भदौ २०७८, १२ : ०८ pm

प्रतिक्रिया दिनुहोस

Related News