मंगलबार सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

मंगलबार सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: मंगलबार, ०१ भदौ २०७८, ११ : १९ pm

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ४ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

611b4aeb04d70.JPG
प्रकाशित: मंगलबार, ०१ भदौ २०७८, ११ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News