पवनदीप राजनले हात पारे इन्डियन आइडल सिजन १२ को उपाधी

पवनदीप राजनले हात पारे इन्डियन आइडल सिजन १२ को उपाधी
Glammandu प्रकाशित: सोमबार, ३२ साउन २०७८, १३ : ४३ pm

गायन रियालिटी शो इन्डियन आइडल सिजन १२ को उपाधी पवनदीप राजनले हात पारेका छन् । हिजो (आइतबार) भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा उक्त उपाधि राजनले हात पारेका हुन् ।

उनले मोहम्मद दानिश, सनमुख प्रिया, निहाल ताउरो, अरूणीता कांजीलाल र सायली काम्बलेलाई भोटमा पछि पार्दै उपाधी जितेका हुन् । गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन् । उनी तबेला, गितार, हार्मोनियम, ढोलक, पियानो, ड्रमलगायत बिभिन्न किसिमका बाजा  बजाउँछन्। 

२४ वर्षे पवनदीप राजन भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा जन्मेका हुन् ।
 

प्रकाशित: सोमबार, ३२ साउन २०७८, १३ : ४३ pm

प्रतिक्रिया दिनुहोस

Related News