आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (आइतबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले घटेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार १ रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस