ऋचा शर्मा  'कमेडी च्याम्पियन' को निर्णायकबाट बाहिरिने

ऋचा शर्मा  'कमेडी च्याम्पियन' को निर्णायकबाट बाहिरिने
Glammandu प्रकाशित: आइतबार, ३१ साउन २०७८, १२ : ४६ pm

चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन २’की निर्णायक ऋचा शर्मा शोबाट बाहिरिने भएकी छिन् । ऋचा आमा बन्दैछिन् । आमा बन्ने मिति नजिकिएसँगै उनले शो छाड्न लागेकी हुन् । ऋचा आफैंले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।

‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई । चारै जना जज पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ टप ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक शो छाड्ने भएकी हुन्  ।

आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचालाई निर्णायको रुपमा देख्न सकिनेछैन ।

प्रकाशित: आइतबार, ३१ साउन २०७८, १२ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News