सुनको मूल्य वृद्धि, तोलाको कति पुग्यो ?

सुनको मूल्य वृद्धि, तोलाको कति पुग्यो ?
Glammandu प्रकाशित: आइतबार, ३१ साउन २०७८, ११ : ५७ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १ हजार रुपैयाँले बढेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6118b0abcc2e3.JPG
प्रकाशित: आइतबार, ३१ साउन २०७८, ११ : ५७ pm

प्रतिक्रिया दिनुहोस

Related News