आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक

आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, २९ साउन २०७८, १२ : १७ pm

गायक आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ । पुरुषोत्तम लामिछानेको शब्द र राजु सिंहको सङ्गीत रहेको उक्त गीत हिजो (बिहीबार) बेष्ट टोन म्युजिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो । 

गीतलाई अमुल कार्कीढलीले सङ्गीत संयोजन गरेका छन् भने कृष्ण महर्जनको रकेर्डिष्ट र किशोर थापाको माष्टर तथा मिक्सिङ रहेको छ ।जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ ।

निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ । दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ ।

उक्त गीतको भिडियोलाई भकारी एमडिसीले निर्माण गरेको हो । गीतकार लामिछानेको का थुप्रै गीत सार्वजनिक भएका भएपनि यो पहिलो सार्वजनिक भिडियो हो ।

भिडियो हेर्नुहोस् :

प्रकाशित: शुक्रबार, २९ साउन २०७८, १२ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News