सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: शुक्रबार, २९ साउन २०७८, ११ : ४४ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61160ada0a9d7.JPG
प्रकाशित: शुक्रबार, २९ साउन २०७८, ११ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News