रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा

रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा
Glammandu प्रकाशित: विहीबार, २८ साउन २०७८, १७ : १२ pm

द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिकृया पाएको छ । 

रविले गाएको पहिलो गीत ‘यो मनमा’ बोलको गीतलाई रिलिज भएको छोटो समयमै ४ लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । यस गीतमा गायक, संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ । गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ । 

वासबी इन्टरटेन्मेन्ट युट्युव च्यानलमा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रविनले नै निर्देशन गरेका छन् । स्टोरी बेसमा बनेको यस म्युजिक भिडियोलाई पनि दर्शकले मनपराएका छन् । यो मनमा गीतको म्युजिक भिडियोमा प्रविन राई र प्रियंका चौधरीको अभिनय देख्न सकिन्छ । प्रविन र प्रियंकाको कामसंगै जोडीपनि जमेको छ । 

प्रविन र प्रियंकासंगै गम बि गुरुङ, बिकाश गुरुङ र बिक्रम तामाङकोपनि अभिनय रहेको छ । यस म्युजिक भिडियोमा अनिल कट्वालको सिनेमाटोग्राफि, सम्पादन तथा कलर रहेको छ । 

हालसम्म यो गीत ४ लाख ३३ हजार ६ सय भन्दा बढीले हेरीसकेका छन् । 

भिडियो हेर्नुहोस् :

 

प्रकाशित: विहीबार, २८ साउन २०७८, १७ : १२ pm

प्रतिक्रिया दिनुहोस

Related News