आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
हिजो (बुधबार) तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ६ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस