सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, २७ साउन २०७८, १२ : ०१ pm

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनिमा पनि गिरावट आएको छ । हिजो मंगलबार तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: बुधबार, २७ साउन २०७८, १२ : ०१ pm

प्रतिक्रिया दिनुहोस

Related News