आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
हिजो (सोमबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार २ सय रुपैयाँले बढेर तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस