बलिउड अभिनेता रणबिर कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता रणबिर कपुरलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १२ : १२ pm

बलिउड अभिनेता रणबिर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । कारोना पुष्टिसंगै रणबिर क्वारेन्टाइनमा रहेको भारतिय मिडियाले जनाएकाछन् ।  

बलिउड चलचित्र रिलिज तथा छायांकनका लागि सरकारले अनुमती दिएपछि काम पनि धमाधम भैरहेको छ । यसैले, कलाकारहरु पनि यतिबेला चलचित्र छायांकनका लागि विभिन्न स्थानमा पुगिरहेका छन् ।

अहिले रणवीरले ठूला बजेटका विभिन्न चलचित्रमा काम गरिरहेका छन् । उनको पाइपलाइनमा रहेका फिल्ममा ‘शम्शेरा, ब्रम्हास्त्र, लभ रञ्जनको नयाँ चलचित्र र एनिमल’ छन् ।

प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १२ : १२ pm

प्रतिक्रिया दिनुहोस

Related News