सुनको मूल्य निरन्तर ओरालो यात्रामा, आज पनि घट्यो

सुनको मूल्य निरन्तर ओरालो यात्रामा, आज पनि घट्यो
Glammandu प्रकाशित: सोमबार, २५ साउन २०७८, ११ : १४ pm

आज (सोमबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ हजार रुपैयाँले घटेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य १ हजार ५ सय रुपैयाँले घटेको थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: सोमबार, २५ साउन २०७८, ११ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News