तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक

तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, २४ साउन २०७८, १६ : १९ pm

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन(३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । उक्त गीत बेष्ट टोन म्युजिक युट्युव च्यानलमार्फ आज (आइतबार) सार्वजननिक भएको हो । 

आमाका बारेमा लेखिएको यो गीतलाई रश्मी काली थापाले शब्द र अष्ट लामाको संगीत गरेका छन् । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल भएकी ताराले गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ ।गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतले परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्नेतको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । 

भिडियो हेनुहोस् :

प्रकाशित: आइतबार, २४ साउन २०७८, १६ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News