किरणले हात पारे द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी

किरणले हात पारे द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी
Glammandu प्रकाशित: आइतबार, २४ साउन २०७८, १२ : ४६ pm

गायन रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधी टीम प्रमोदका किरण गजमेरले हात पारेका छन् । टिम प्रमोदबाट फाइनलमा पुग्दै उपाधि जितेका किरणले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । यस अघिको सिजनमा पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि हात पारेका थिए । 

त्यस्तै, टिम तृष्णाबाट ज्वाला राई, कोच राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टिम दीपबाट दार्जिलिङका आर्यान तामाङ फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी प्राप्त गरेका छन् ।  

एक सातासम्म गरेको दर्शकको भोटको आधारमा यो निर्णय भएको हो । भोट एस एम एस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले गर्न मिल्ने थियो ।

प्रकाशित: आइतबार, २४ साउन २०७८, १२ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News