एकैदिन १५ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

एकैदिन १५ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: आइतबार, २४ साउन २०७८, ११ : १५ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ९० हजार  रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर  तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, २४ साउन २०७८, ११ : १५ pm

प्रतिक्रिया दिनुहोस

Related News