आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (बिहीबार) तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस