नेहाले इन्स्टामा अब केही व्यक्तिहरुलाई अनफलो गर्ने

नेहाले इन्स्टामा अब केही व्यक्तिहरुलाई अनफलो गर्ने
Glammandu प्रकाशित: विहीबार, २१ साउन २०७८, १७ : १४ pm

बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्स्टामा केही व्यक्तिहरुलाई अनफलो गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जालमा लेख्दै केही व्यक्तिहरुलाई अनफलो गर्ने बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘सरी विगतका खराब अनुभवका कारण केही व्यक्तिहरुलाई अनफलो गर्दै छु । म उनीहरुलाई मात्रै फलो गर्छु जसलाई मैले चिनेको छु, भेटेको छु। नराम्रो लागेमा सरी ।’

चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । नेहाको इन्स्टाग्राममा ६०.९ मिलियन फलोअर्स रहेका छन् ।


 

प्रकाशित: विहीबार, २१ साउन २०७८, १७ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News