निर्देशक उमेशनाथ अर्यालको निधन

निर्देशक उमेशनाथ अर्यालको निधन
Glammandu प्रकाशित: बुधबार, २० साउन २०७८, १६ : २३ pm

निर्देशक उमेशनाथ अर्यालको हृदयघातका कारण निधन भएको छ । उनको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो ।

अर्यालको निधनको जानकारी अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गराएका छन् । सरोजले लेखेका छन् ‘मेरा आदरणीय गुरु उमेशनाथ केही दिन अघि परेको गुरु पूर्णिमाको दिन म आशीर्वाद लिन उहाँको निवास गएको थिए । आज बिहान हृदयघातका कारण उहाँको स्वर्गारोहण भएकाले आफ्नो अभिभावक गुमाउनु परेको पिडाबोध भइरहेको छ ।’

अर्यालले ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिजडा’लगायत अन्य थुप्रै कालजयी टेलिफिल्महरुको लेखन एवं निर्देशन गरेका छन् । अर्यालको निधन प्रति नेपाली कलाक्षेत्रका विभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत शोक व्यक्त गरिरहेका छन् । नेपाली कला क्षेत्रका पुराना निर्देशक हुन् । 

610a6f4d175bd.JPG
प्रकाशित: बुधबार, २० साउन २०७८, १६ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News