गायिका सुनिता थेगिमको आवाजमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ सार्वजनिक

गायिका सुनिता थेगिमको आवाजमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, २० साउन २०७८, १३ : ४८ pm

गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ लिम्बू भाषाको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत ‘रीता फोम्बो ठुली’ युट्युब च्यानल मार्फत हिजो (मंगलबार) सार्वजनिक भएको हो । 

साइमन लिम्बूले रचना गरेको उक्त गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूले अभिनय गरेका छन् ।

गीतमा जेपी नेम्बाङको संगीत रहेको छ भने टेकेन्द्र यक्सोको एरेन्ज रहेको छ । भिडियोको लागि सोम मगरातीले श्रृङ्गार, नागिन धिमालले ड्रोन, अनिल रानाले सम्पादन र तिलक रिजालले छायांकन गरेका हुन् । 

प्रेमी प्रेमिका विचको माया र स्नेहलाई भौतिक शरिरले छोडेर गएपनी ‘हाम्रो माया कहिल्यै मर्दैन’ धारणालाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित: बुधबार, २० साउन २०७८, १३ : ४८ pm

प्रतिक्रिया दिनुहोस

Related News