मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको हो ।
मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज, चन्द्र कुमार दोङ्को संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।
पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले, बसन्ती लामा ब्लोन, सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ । रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस