आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
हिजो (मंगलबार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस