गायक दुर्गेश थापाको  ‘ख्यास् पुतली’पनि विवादमा, प्रतिष्ठानको ध्यानाकर्षण

गायक दुर्गेश थापाको  ‘ख्यास् पुतली’पनि विवादमा, प्रतिष्ठानको ध्यानाकर्षण
Glammandu प्रकाशित: शुक्रबार, १५ साउन २०७८, १५ : २५ pm

गायक दुर्गेश थापाको नयाँ गीत ‘ख्यास् पुतली’पनि विवादमा तानिएको छ । ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा बजारमा आएको उक्त गीत एकसातामै विवादमा तानिएको हो ।

उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास् पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।

पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ । जुलाई २३ मा रिलिज भएको उक्त गीत दुर्गेशकै संगीत, शब्द र आवाजमा रेकर्ड भएको हो । युट्युवमा शुक्रबारसम्म ११ लाखभन्दा बढीले यसलाई हेरेका छन् ।

प्रकाशित: शुक्रबार, १५ साउन २०७८, १५ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News