शिल्पा सेट्ठीको घरमा किन पुग्यो प्रहरी ?

शिल्पा सेट्ठीको घरमा किन पुग्यो प्रहरी ?
Glammandu प्रकाशित: शनिबार, ०९ साउन २०७८, १५ : २९ pm

बलिउड नायिका शिल्पा सेट्ठीका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको अभियोगमा पक्राउ परेपछि उनको घरमा प्रहरी पुगेको छ । कुन्द्रले मोबाइल एप्समा यस्ता फिल्म स्ट्रिम गर्ने गरेको आरोप लागेको छ । 

यहीबीच शिल्पासँग पनि प्रहरीले सोधपुछ गरेको हो । यसअघि शिल्पाले राजको कम्पनीबाट राजीनामा दिएको समाचार बाहिर आएका थिए ।

 प्रहरीले शुक्रबार ६ घन्टा राज र शिल्पाको घर खान–तलासी गरेको थियो । प्रहरीले पूरा मुद्दामा शिल्पाको संलग्नता छ कि छैन भनेर जाँच गरिरहेको स्रोतले जनाएको छ । 

पोर्न फिल्म एप्समार्फत बाँडेको अभियोगमा शिल्पा पति राज कुन्द्रालाई ५ दिन अघि प्रहरीले समातेको थियो ।  शिल्पा राजले चलाउँदै आएको भिआन इन्डस्ट्रिजको निर्देशक थिइन् । प्रहरीले शिल्पाको बैंक अकाउन्टको पनि अनुसन्धान गरिरहेको छ ।

यसअघि यो मुद्दामा शिल्पा पनि दोषी भएको भन्दै उनलाई पनि पक्राउ गर्नु पर्ने भारतीय अभिनेता तथा अभिनेत्रीले माग गरेका थिए ।

प्रकाशित: शनिबार, ०९ साउन २०७८, १५ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News