अभिनेत्री सुरेखा सिकरीको निधन

अभिनेत्री सुरेखा सिकरीको निधन
Glammandu प्रकाशित: शुक्रबार, ०१ साउन २०७८, १२ : २९ pm

बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो ।

केही महिनादेखि बिरामी सुरेखालाई गत वर्ष पनि मस्तिष्कघात भएको थियो । सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले ‘तमस’(सन् १९८८), मम्मो(सन् १९९५) र ‘बधाई हो’(सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् । समकालीन कलाकारझैं सुरेखा पनि रंगमञ्चबाट चलचित्रमा अभिनय गर्न पुगेकी थिइन् । ७०, ८० र ९० को दशकमा उनी निकै समानान्तर चलचित्रमा देखिएकी थिइन् ।

उनी अभिनित चलचित्र ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो । अमृत नाहटाको निर्देशन रहेको उक्त चलचित्रमाथि सञ्जय गान्धीले संकटकालीन समय(१९७५–७७) मा प्रतिबन्ध लगाएका थिए । पछि मात्रै उक्त चलचित्र रिलिज भएको थियो । त्यसपछि पनि सुरेखाले ‘नसिम’(सन् १९९५) ‘सरदारी बेगम’(सन् १९९६), ‘हरिभरी’(सन् २०००), ‘जुबैदा’(सन् २००१) जस्ता समानान्तर चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रकाशित: शुक्रबार, ०१ साउन २०७८, १२ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News