दीपक राज गिरीको व्यंग्य, "कठै ! ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्"

दीपक राज गिरीको व्यंग्य, "कठै ! ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्"
Glammandu प्रकाशित: सोमबार, २८ असार २०७८, १६ : ४४ pm

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएको छ ।  अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रधानन्यायाधीश जबरासहित पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो प्रतिनिधिसभा विघटन निर्णयलाई बदर हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ । फैसला आएको २८ घण्टाभित्र अर्थात् देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म  प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो । 

अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै अभिनेता तथा निर्माता दीपक राज गिरीले सामाजिक संजालमा व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमा निकै सक्रिय गिरी लेख्छन्, "राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना !! त्यसपछि फेरी कुरो उहि ...कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्!!!"

60ec235cb6080.JPG
प्रकाशित: सोमबार, २८ असार २०७८, १६ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News